दमक,३ भदौ । खनाल सेवा समिति दमक नगर समितिले एक विशेष कार्यक्रमका बिच प्रतियोगीतात्मक ज्ञान मञ्च कार्यक्रम सम्पन्न गरेको छ । दमक वार्ड न. ८ र ९ का किर्तन मण्डलीहरु बीच भएको प्रतियोगितामा श्रीमन नारायण किर्तन मण्डली दमक –९ प्रथम, लक्ष्मीनारायण किर्तन मण्डली दमक–९ द्वितिय र सिर्जनशिल किर्तन मण्डली दमक–९ तृतिय भएका छन् ।
प्रथम द्वितिय र तृतिय हुने किर्तन मण्डलीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने अन्य सहभागि किर्तन मण्डलीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो । खनाल सेवा समिति जिल्ला कार्य समिति झापाका सचिव ओमप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता खनाल सेवा समिति दमकका अध्यक्ष लिलानाथ खनालले गरेका थिए । कार्यक्रमको सञ्चालन खनाल सेवा समिति दमकका सचिव शारदा खनालले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष चुडामणी खनालले गरेका थिए । कार्यक्रममा खनाल सेवा समितिका सदस्यहरु,खनाल महिला मञ्च दमकका सदस्यहरु,विभिन्न किर्तन मण्डली सदस्य सहित करिब एकसय भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो ।