संस्मरण : मेरो आमा अर्थात माइल्यामा

-डा .लेखनाथ न्यौपाने
“छोरा, घरमा आएका पाहुना हुन या अतिथी केहि न केहि खुवाएर मात्र पठाउनु, गरिव असहाय र बुढाबुढीलाई सधै सहयोग गर्नु, माग्न आउनेलाई खाली हात नपठाउनु, आफुले आर्जन गरेको सम्पत्तिबाट सामाजिक काम पनि गर्नु, कसैलाई सित्तैमा काम नलगाउनु, आफुलाई जन्मदिने आमा,बा र शिक्षा दिने गुरुलाई सम्मान गर्नु, मरेर जादा खाली हात जाने हो त्यसैले विना श्रमको सम्पत्ति कसैबाट नलिनु, माथि यमराजले हेरिरहेका हुन्छन् ।” यस्ता अनेक ज्ञान दिने र आफु बाचुन्जेल यस्तै कर्मको पालना गर्ने आमा महेश्वरा न्यौपानेलाई माइल्यामा भनेर पनि चिन्ने गरिन्छ ।
२०८० सालको साउन महिनामा नेउपाने परिवारमा एउटा यस्तो घटना घट्यो जसको कल्पना सम्म पनि गरिएको थिएन । आमा स्वर्गबास हुनु हुनेरहेछ, विभिन्न संकेत र अनौठा सपनाहरु भने आउँथे । मन कता कता असान्त थियो । आमा बिगत १० वर्षदेखि गर्मी याममा बिरामी हुने, शरीरमा ताकत नभए जस्तो हिँडन र बस्न नसक्ने फेरी जाडो याम सुरु भएपछि सामान्य अवस्थामा आउने हुन्थ्यो । तर, यो वर्ष भने अत्याधिक गर्मी भएका कारण आमा जेठ महिनाबाटै सधैको झै असहज अवस्थामा हुनुहुन्थ्यो । तर पानी परेर सितल मौषममा भने सहज हुँदै थियो । आमा मुटुको रोगी र कडा बाथको रोगी हुनुहुन्थ्यो । तर, हौसला र आट भने उच्च थियो । वहाँ कहिल्यै पनि म कमजोर छु भनेर हामीलाई निरास नपर्ने स्वभावको हुनुहुन्थ्यो । बरु हौसला र उपाय बताउने आमाले केहि अनौठा कुराहरु जस्तै मर्न पाए पनि हुने थियो भनेर भन्नु भएको रहेछ दाजुलाई । मलाई त कहिल्यै गुनासो नपोख्ने आमा म कतै बाहिर गएको छु भने नआउन्जेल नसुत्ने अनि सगै रहनुभएको ठुलो दाजुले नबोलाउन्जेल ननिदाउने आमा अचानक सधैका लागि निदाउनु भयो । आमालाई लैजाने मुख्य कारण भने डेङ्गु नै भयो । बुबा, आमा, म आफै, जेठो दाजु भाउजु सबैलाई डेङ्गु भयो । हामी बच्न सफल भयौ तर आमालाई लगेर मात्र ज्वरो शान्त भयो ।

हामी ४ भाई छोराले व्यवहारिक ज्ञान आमाबाटै पाएका हौं । सबैभन्दा ठूलो ज्ञान सामाजिक हुन र अरुको पनि दुःख आप्mनै हो भन्ने भावना सबै आमाकै सिकाई हो । इमान्दार र सहयोगी हुनुपर्छ भन्ने ज्ञान दिने हाम्री आमा कसैको पनि सित्तैमा नखानु, दिएर विर्सिनु तर लिएर कहिल्यै नविर्सनु, भन्ने महान विचार ति अनपढ आमामा कसरी आयो होला ? अनेक जडिबुटीलाई औषधि बनाउन कसले सिकायो होला ? घरका काम र आगन्तुकलाई सेवा र सत्कार गर्न कसले सिकायो होला ? अनपढ आमालाई छोराछोरी हुर्काउन कसले सिकायो होला, शिक्षादक्षिा दिनुपर्छ भनेर कसले भन्यो होला ? आफु नसुती, भोको बसेर पनि छोराछोरी र गरिवलाई अन्न्न दिन कसले सकिायो होला ? यी सबै कुराहरु मात्र हाम्री आमामा नभएर संसारका तमाम आमाहरुको महान कर्म हो । वहाँहरुको त्याग र सर्मपण हो । त्यसैले त आमा इश्वरको अर्को रुप हो । आमा सन्तानका लागि दयाकी खानी, छोराछोरीका लागि ज्यान दाउमा लगाएर इतिहास रच्ने पात्र हुन् । तिनै आमा आज हामीबाट टाढा कहिल्यै नर्फकिने बाटोेमा जानु भयो । ५४ वर्षसम्म आमाको काँखमा रम्न पाएको आफु आज रानो हराएको मौरी झै भएको छु । कसैको गीत “यता खोज्छु छैनौ आमा उता खोज्छु छैनौ आमा” जस्तै मन भक्कानिएको छ, पेटमा असहय पीडा छ । भोक छैन् प्यास मात्र आमालाई देख्न पाए हुन्थ्यो, आमाले सुम्सुमाएर ममता भरिएका ति चाउरी परेका हात पाए हुन्थ्यो भन्ने भोक छ । कतैबाट आउने वित्तिकै भोकाइस होला, के खाइस बाहिर भनेर सोध्नु होला भन्ने भोक छ । आमाको गोडामा तेल लगाएर मालिस गरिदिने भोक छ । राती आमालाई बेडमा सुताएर कपडा ओडाएर झुल टागिदिएर सुम्सुमाएर आमा अब निदाउनु, केहि असहज भए बोलाउनु भनेर भन्न आमा आउनु होस भन्ने भोक छ ।

……………………………………………………………………………………………………………………..

 

हामी २०३६ सालमा जन्म स्थान इलाम जिल्लको लुम्देबाट बसाई सराई गरेर दमकमा बस्न थालेका हौं । म ९ बर्षको थिएँ बसाई सर्दा । उसबेलामा आमालाई गाउँका धेरैजसोले माइल्यामा भनेको सुनेको थिएँ । बसाई सर्ने दिन विहानै आगनको वरिपरि बसेका गाउँका मानिसका अनुहार मलिन देखिन्थे । आँखा रसाएर पुछनेहरु पनि देखिन्थे । बसाई नजानु न माइल्यामा माइलाबा भनेर भनिरहेका थिए । मेरो कलिलो दिमागले अनौठो महशुस गरिरहेको थियो । आमाले आगनमा भएका सबै मानिसलाई चिया दिनु भयो घरमा रहेका सामान, अन्नपात बाडिदिनुभयो, ल अब हामी जान्छौं भनेर सबैसँग विदा माग्दा ति महिला र पुरुषहरु रुएको सम्झना आज पनि ताजै छ । कारण पत्ता लगाउन मैले पछि मात्र सकेँ । माइल्यामा भन्ने मानिसहरु गाउँका मजदुर रहेछन् । गाउँमा अनिकाल पर्दा आमाले भएको अन्न दिएर सहयोग गर्नु हुँदो रहेछ । बुबाले पनि गाउँमा भएका मानिसको समस्या सामाधान गर्न सहयोग गरिदिने, विवाह हुन नसकेकालाई विवाह गराई दिने, गाउँमा चर्पी बनाउन सिकाएर दिसापिसाव जतासुकै गर्नेहरुलाई यो कार्य रोक्न लगाउने, धर्म ढिकुटी खोलाएर सबैका घरमा अन्नको जोहो गरिदिने गरेका कारण आमाबालाई माइल्यामा, माइलाबा भनिएको रहेछ ।
उहिलेको समय आमाबाको विवाह भएको २००७ सालमा । ८ वर्षकी आमा र १५ वर्षका बुबा हुनुहुन्थ्यो । मावलका हुजरबुबा सिद्धिकर्ण भण्डारी निक्कै धनि र सामाजिक हुनुहुँदो रेहेछ । आमाले पनि आफ्ना बुबाबाट सिक्नु भएको कुरा कर्म घरमा लागु गर्नु भएको रहेछ । क ,ख सम्म पनि नचिनेकी हाम्री आमा व्यवारमा भने विद्धान पनि पछाडि हुन्थे । हामी ४ भाई छोराले व्यवहारिक ज्ञान आमाबाटै पाएका हौं । सबैभन्दा ठूलो ज्ञान सामाजिक हुन र अरुको पनि दुःख आप्mनै हो भन्ने भावना सबै आमाकै सिकाई हो । इमान्दार र सहयोगी हुनुपर्छ भन्ने ज्ञान दिने हाम्री आमा कसैको पनि सित्तैमा नखानु, दिएर विर्सिनु तर लिएर कहिल्यै नविर्सनु, भन्ने महान विचार ति अनपढ आमामा कसरी आयो होला ? अनेक जडिबुटीलाई औषधि बनाउन कसले सिकायो होला ? घरका काम र आगन्तुकलाई सेवा र सत्कार गर्न कसले सिकायो होला ? अनपढ आमालाई छोराछोरी हुर्काउन कसले सिकायो होला, शिक्षादक्षिा दिनुपर्छ भनेर कसले भन्यो होला ? आफु नसुती, भोको बसेर पनि छोराछोरी र गरिवलाई अन्न्न दिन कसले सकिायो होला ? यी सबै कुराहरु मात्र हाम्री आमामा नभएर संसारका तमाम आमाहरुको महान कर्म हो । वहाँहरुको त्याग र सर्मपण हो । त्यसैले त आमा इश्वरको अर्को रुप हो । आमा सन्तानका लागि दयाकी खानी, छोराछोरीका लागि ज्यान दाउमा लगाएर इतिहास रच्ने पात्र हुन् । तिनै आमा आज हामीबाट टाढा कहिल्यै नर्फकिने बाटोेमा जानु भयो । ५४ वर्षसम्म आमाको काँखमा रम्न पाएको आफु आज रानो हराएको मौरी झै भएको छु । कसैको गीत “यता खोज्छु छैनौ आमा उता खोज्छु छैनौ आमा” जस्तै मन भक्कानिएको छ, पेटमा असहय पीडा छ । भोक छैन् प्यास मात्र आमालाई देख्न पाए हुन्थ्यो, आमाले सुम्सुमाएर ममता भरिएका ति चाउरी परेका हात पाए हुन्थ्यो भन्ने भोक छ । कतैबाट आउने वित्तिकै भोकाइस होला, के खाइस बाहिर भनेर सोध्नु होला भन्ने भोक छ । आमाको गोडामा तेल लगाएर मालिस गरिदिने भोक छ । राती आमालाई बेडमा सुताएर कपडा ओडाएर झुल टागिदिएर सुम्सुमाएर आमा अब निदाउनु, केहि असहज भए बोलाउनु भनेर भन्न आमा आउनु होस भन्ने भोक छ ।
आमाको अन्तिम संस्कार गर्न कन्काई माईमा पुगेर आधा शरीर पानीमा डुबाएर राख््दा चिसो लाग्यो होल भनेर लासलाई उभो ठेल्न मन छ । आमाको प्राण निक्लिन लाग्दा फ्रिजको चिसो दहि होइन बाहिरको दहि खुवाउन पाए आमालाई चिसो लाग्दैन भन्ने भोक छ । चित्तामा राख्दा र दाउरा माथि राख्दा आमालाई दुख्यो होला भनेर ठूला दाउरा नराख भन्न मन छ । तर, के यि त सम्झना मात्र हुन् । आमाको मायाका सम्झना मात्र हुन् । आमाले भनेको बाचुन्जेल राम्रो गर मरेपछि कुनै कष्ट नउठाउनु भनेर पटक पटक दिएको उपदेश आज पनि कानमा गुन्जि रहेका छन् । त्यसैले त हामीले असौचमा पनि धेरै कष्ट उठाएनौं । कछाडका ठाउँमा सेता कट्टु लगायौं । सेता मयलपोस लगायौं । एक छाक अलिनु भात र साझमा फल र गेडागुडी खायौं । झुल लगाएरु सुत्यौं । धेरै विलाप गरे आमाले धर्ती छाडेर जान सक्नु हुन्न, इश्वरमा समाहित हुन पाउनु हुन्न भनेर सकेसम्म विलाप गरेनौं । मुटुमाथि ढुङ्गा राखेर हास्न कोसिस गर्यौं । एकल पुरुष बन्नु भएका पितालाई ढाढस र उत्साह बाडी रह्यौं । ७३ वर्षसम्म बुबालाई एक रथका दुई पाङ्ग्रा भएर बसेकी हाम्री आमाको पत्नी वियोगमा छटपटाइरहेका पितालाई बियोग बिर्साउन अनेक कथा सुनायौं । मृत्युको अर्थ भौतिक रुपमा मात्र छोडेको हो । आमाले तपाई र हामीलाई उत्तिकै माया र हौसला दिइरहनु भएको छ भनेर सम्झायौं । जन्मसगै जोडिएर आएको मृत्युलाई सहज रुपमा लिनुपर्छ भनेर बुझाउने कोशीष गर्यौं । यसो भनिरहँदा आप्mना मनमा आएको मृत्यु वियोगलाई लुकाउन कठिन त थियो नै त्यो भन्दा धेरै आफु अनाथ भएको पीडा थियो । आमा बुबा चाहे अशक्त र दुर्वल नै भए पनि हिम्मत र तागत भने हुने नै रहेछ । त्यो महशुस असौच सकेर खुल्ला भएको दिनबाट धेरै अनुभव हुँदोे रहेछ ।
असौंचमा हामी केही सहज भएर बसेको धेरैलाई मन परेन् । लुगा लगाउन नहुने, फलफुल पनि खान नहुने, एकछाक भन्दा खान नहुने, सबैसँग बोल्न नहुने, चप्पल लगाउन नहुने जस्ता कुराहरु हामीले पनि सुन्न पायौं । शास्त्रले भने अनुसार सबै कर्म गर्न नसके पनि बार्न नसके पनि आएका अतिथिलाई सम्मान साथ स्वागत र विदाई बोलिले गरियो, फलफुल र पानी बाडियो, पुरैत र गरुड भन्ने पण्डितलाई यथासक्य दक्षिणा र सम्मान दिएर खुसी बनाएर विदा गरियो । गौमाताको पुच्छर समाएर आमाको बैकुण्ठ बासको कामना गरियो । सकेसम्म स्वधर्म पालना गर्ने बाचा गरेर आमालाई सास्त्रिय विदा गरियो । आमाका याद आउने सामान र कपडा अनि आमाले उपयोग गर्ने वस्तुहरु दान गरियो । विभिन्न विद्धानहरुका असौंच बार्ने सम्बन्धिका अनुभवहरु सुनियो । गरुड पुराणका हरेक वाक्यासंलाई मानन गर्न नसके पनि एउटा मानिसको मृत्यु पश्चात उसको हंस कसरी प्रेत योनिमा परिणत हुन्छ र त्यो प्रेतलाई कसरी मुक्त गराएर भगवानका चरणमा र सरणमा पुर्याइन्छ भन्ने सनातन मान्यतालाई बुभ्mने मौका पायौ र सोही अनुसार पितृहरुसँग पिण्ड जोडेर मुक्तिको कामना गर्दै काम सम्पन्न गरियो ।
सनातन मान्यता अनुसार मानिस मरेपछि पहिला प्रेतमा प्रवेश गरेर यतै धरातल वरिपरि घुमिरहन्छ । यदी १३ दिनसम्मका विभिन्न कर्महरु नगर्ने हो भने, गरुड पुराण नलगाउने हो भने आत्मा भडकिएर स्वम परिवारलाई पनि दुःख दिइरहन्छ भन्ने कुरामा केहि सत्यता पनि देखिन्छ । मानिस अकालमा मर्र्यो र उसको विधि अनुसार कर्म गरिएको छैन् भने विभिन्न समस्या परिवारमा देखिने, तर्साउने, ढुङ्गा हान्ने, काम्ने, हानी हुने गर्छ र त्यो अवस्थाा पुनः सबै कर्म गरेर पुराण लगाएमा यस्ता घटनाहरु बन्दहुने गरेका कयौ उदाहरण भेटिएका छन् । त्यसैले पनि हामी जुन धर्म र सस्कृतिमा छौं त्यसको पालना यथासक्य गर्नुपर्छ भन्ने मत आप्mनो पनि रहेको छ । यसमा जोडिन आएको महत्वपूर्ण कुरा के छ भने बाचुन्जेल जन्मदिने आमाबुबालाई रुवाउनु हुँदैन, आफुबाट अलग राख्नु हुँदैन, सकेजति धर्मकर्म गराउनु पर्छ, दानदक्षिणा गर्न सघाउनु पर्छ । तिर्थबर्त गराउनु पर्छ । मिठो बोली र खुसी भएर खाना दिनु अनि औषधोपचार गराउनु पर्छ । हामीलाई जीवन दिने मातापितााले स्वर्गबासी भएपछि पनि आर्शिवाद दिइरहनु हुन्छ । यो कुराको महशुस हामीले बाआमा गुमाएपछि मात्र गछौं ।
अन्त्यमा, मृत्यु सत्य छ । सत्य स्विकार्न निकै कठिन हुँदोरहेछ । सबैभन्दा प्रियलाई गुमाउदा पक्कै पनि असहज हुँदो रहेछ तर अवश्य भोग्नै पर्नेे कुरालाई पहिले देखिनै मनलाई कठोर बनाउनु नै सही रहेछ भन्ने अनुभव स्तम्भकारलाई लागेको छ । माइल्यामा भनेर पनि चिनिने हाम्री आमा महेश्वरा न्यौपानेको महाप्रस्थान सहज बनोस, बैकुण्ठमा बास होस । हामीले नेदेखे पनि आमाको मुक्त आत्माले हामीलाई देखिरहनु होस । दुःख पर्दा आमा भनेर पुकार्ने हाम्रो चलन आमाले उतैबाट पनि देख्नु र सुन्न हुनेछ र चाडै सहज हुँने आर्शिवाद दिनु नै हुनेछ । आमाको दुधको धाराको ऋण सबै तिर्न नसके पनि आमाले देखाउनु भएको बाटोमा सधै हिँडन सकौं । आमाका सपनाहरु पूरा गर्न सधै लागिरहने बाचाका साथ यो स्मृति लेखन यही अन्त्य गर्छु अस्तु ।दमक,झापा

Leave a Reply

Your email address will not be published.