बेलबारी,२ भदौ । जबरजस्ती करणी गरेको आरोपमा युवा सङ्घ बेलबारीका अध्यक्ष काशी तामाङ पक्राउ परेका छन् ।२१ बर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको कसुरमा मोरङ,बेलबारी ८ राधा नगर घर भएका ३४ वर्षीय तामाङ बिहीबार पक्राउ परेका हुन् । पक्राउ परेका तामाङ विरुद्ध इप्रका बेलबारीले जर्वजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए ।
छ । तामाङले ती किशोरीलाई बेलबारी १० मा रहेको पोल लाइट रेस्टुरेन्टमा असार २ गते जबरजस्ती करणी गरेको आरोप छ । पीडितले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङ विरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरी प्रवक्ता मैनालीले बताएका छन् ।