झापाका चार पालिका प्रमुख जापान भ्रमणमा

दमक,२ भदौ । झापाका चार वटा स्थानीय तहका प्रमुखहरु एक साता लामो जापान भ्रमणमा निस्किएका छन् ।कन्काई सिचाई आयोजना गैडेको क्याचमेन क्षेत्र परेका जिल्लाको माइपश्चिम क्षेत्रका स्थानीय तहहरु गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी ,शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन) , कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई र गौरीगञ्ज गाउँपालिकाकी प्रमुख फूलवती राजवंशीसहितको एक टोली आज जापान प्रस्थान गरेका हुन् ।
जापान सरकारद्धारा सञ्चालित जापानी सहयोग नियोग (जाइका ) परियोजनाले त्यहाँको एक साता लामो कृषि अवलोकन भ्रमणका लागि उनीहरु आज त्यसतर्फ प्रस्थान गरेको काठमाडौमा रहेका कमल गाउँपालिकाका अध्यक्ष राईका स्वकिय सचिव रोशन दाहालले बताए ।भ्रमण टोलीमा उनीहरुसहित विभिन्न मन्त्रालयका सचिव, परियोजनाका अधिकारीहरु समेत संलग्न छन् ।

Leave a Reply

Your email address will not be published.