
दमक,२ भदौ । झापा, कमल गाउँपालिका ७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफना पिृतको स्मृतिमा १ लाख ५० हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।
स्थानीय शान्ता केरुङ लिम्बूकी आमा स्व. गौमाया लिम्बू र बहिनी स्व.हेमकुमारी लिम्बूको स्मृतिमा उनका परिवारजनले विद्यालयमा उक्त कोष स्थापना गरेका हुन् ।
विद्यालयमा बुधबार एक कार्यक्रम गरि दाता परिवारले उक्त कोषको रकम विद्यालयकी प्रधानाध्यापक इन्दिरादेवी खनाललाई हस्तान्तरण गरेकी हुन् ।
कोष रकम हस्तान्तरण गर्दे गीतकार तथा सामाजिक अभियान्ता समेत रहेकी शान्ताले पिृतको स्मृतिमा आफूले अध्ययन गरेको विद्यालयमा सानो अक्षयकोष राखेको वताईन् । उनले कोषबाट प्राप्त हुने व्याजबाट विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्न अनुरोध गरिन् । खस्किएको विद्यालय अहिले स्थानीयको प्रयासबाट सुधार हुदैगएको र सवैको सहयोग प्राप्त भए यसले छिटटै शैक्षिक फड्को मार्ने विश्वास राखिन् । उनले कोषबाहेक विद्यालयको भौतिक तथा अन्य आवश्यक क्षेत्रमा थप सहयोग पुरयाँउने प्रतिवद्धता समेत जनाईन् ।
दाता शान्तासहित उनका बुबा गणेश बहादुर, छोराहरु भिम,आइत,मोहन,ओमप्रकाश,विरहाङ र चेसुङ लिम्बूले आफना आमा र छोरीको स्मृतिमा उक्त कोष राखेका हुन् ।
अक्षय कोष रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका पूर्व प्रअ सुरेन्द्र राईले विद्यालयमा सञ्चालनमा रहेका अक्षयकोषका बारेमा प्रकाश पारेका थिए । सहभागि वक्ताहरुले ५० वर्ष पुग्न लागेको यस विद्यालयको शैक्षिक विकासमा सकरात्मक सुधारका काम हुदै गएको औल्याएका थिए । उनीहरुले कक्षा ६ सम्म अंग्रेजी र नेपाली दुवै विषयमा पठनपाठन हुदैआएको यस विद्यालयको जग्गाधनीपूर्जा, घेरावेराको काम गर्न आवश्यक भएको समेत जनाएका थिए ।
विद्यालयकी प्रअ खनालको अध्यक्षतामा भएको कार्यक्रममा विष्णुकठ्ठा टोल विकास संस्थाका अध्यक्ष अक्कल बहादुर गुरुङ, दाता परिवारका तर्फवाट विष्णु सुब्बा लगायतले विद्यालयको सुधारका लागि यस्ता अक्षय कोष महत्व हुने बताएका थिए । हालसम्म विद्यालयमा विभिन्न दाताले आठ वटा अक्षयकोष राखेको जनाईएको छ ।
विद्यालयकी शिक्षिका रुपा सुनुवारले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालय समन्वय समितिका सचिव सन्तोष राईले गरेका थिए ।