ब्राउन सुगरसहित झापाबाट ४ जना पक्राउ

झापा, २ भदौ । बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका ४ बजे बिर्तमोड ५ जात्रुबारीबाट सोहि स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित इलाका प्रहरी कर्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

त्यस्तै हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपानेबाट पनि बिर्तामोड १ की देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.