
काठमाडौं १ भदौ । बिद्रोही तालिवानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली आज काठमाडौं आईपुगेका छन।
अफगानिस्तानबाट उनिहरुलाई उद्धार गरेर कतारको दोहा र कुवेत हुदै १२७ जनालाई नेपालीलाई आज बिहान नेपाल ल्याइएको हो। नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमानले कुवेतबाट १२७ जना नेपालीलाई काठमाडौँस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउने क्रम शुरु भएको छ ।