मेचीनगर–८ मा किसानको शव फेला

मेचीनगर, ३२ साउन । मेचीनगर–८ मा मृत अवस्थामा एक शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ बर्षिय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो ।
उनका अनुसार जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ ।शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यद्यपी प्रहरी अनुसन्धान भइरहेकाले अनुसन्धानले नै थप कुरा पत्ता लगाउने प्रवक्ता रिजालले बताए ।

मेची खोलाले बगाउँदा प्रधानको मृत्यु
मेची खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–५ नकलबन्दास्थित ५८ वर्षीय शेरबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधवार बिहान करिब ६ बजेको समयमा मेची खोला तैरिएर भारत आफन्तका घरमा जान लागेका प्रधानलाई खोलाले बगाएको थियो ।
प्रधानलाई खोलाले बगाएसँगै स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए । सीमा प्रहरी चौकी नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, स्थानीयले उनको खोजी गर्ने क्रममा खोलाको मध्य भागमा ब्यागसहित अकडिएको अवस्थामा मृत फेला पारेका थिए । प्रधानको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.