सुनसरी, १ भदौ । कोशी गाउँपालिका २ को भित्री सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सो सफारीमा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन् ।
हिजो बेलुका करिब ५ बजे भएको दुर्घटनामा परि सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ की २३ बर्षीया सबिना माझी घाईते भएका थिए । घाईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का घाईते माझीको धरानस्थित विपी प्रतिष्ठानमा उपचार भईरहेको जनाएको छ । सिटी चालक कोशी गाऊपालिका २ का २० बर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको जनाएको छ ।