दमक,३२ साउन । नेकपा (एकीकृत समाजबादी) दमक नगर कमिटी पुनर्गठन गरिएको छ । बिहिबार पार्टीका झापा जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य निलमणी बरालको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले दमकका पूराना कम्युनिष्ट कार्यकर्ता हरिप्रसाद नेपालको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटी पूर्नर्गठन गरेको हो ।
पूर्नगठित नगर कमिटीको उपाध्यक्षमा जीवन सेडाँई तथा महिला उपाध्यक्षमा सोममाया लिम्बू, सचिवमा सुवास सुवेदी र उपसचिवमा डिकेन्द्र बस्नेत तथा सदस्यहरुमा युवराज घिमिरे, मनकुमार दर्नाल , तोर्ण पौडेल लगायत रहेका छन् ।
पूर्नगठित नगर कमिटीलाई चाँडै बस्ने बैठकले नगर कमिटी थप विस्तार गर्ने जनाईएको छ ।
सो भेलामा प्रदेश कमिटी सदस्य शान्तिराम आचार्य, बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, जिल्ला सदस्य टीका प्रसाईं, समाजबादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य अनिलदेब राई, निरमैया राई, हमला प्रसाईं लगायतको उपस्थितिरहेको थियो ।