बिर्तामोड ,३२ साउन ।बिर्तामोडस्थित रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा पुनः उमेश डालमिया चुनिएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य समेत हुन् ।
विहीबार बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो । साधारण सभाले रेडियोको उपाध्यक्षमा झापा उद्योग संघका बरिष्ठ उपाध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सचिवमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल र कोषाध्यक्षमा आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष विशाल नेम्वाङ सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा माधव विद्रोही, सुब्रत न्यौपाने र लक्ष्मीप्रसाद सापकोटा निर्वाचित भएका छन् । साधारण सभाले विर्तामोड नगरका मेयर एवम् सञ्चालक पवित्रा महतरा प्रसाईंको अध्यक्षतामा पाँच सदस्यीय सल्लाकार समिति चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा हरि सापकोटा, गोपालबहादुर थापा, नरेन्द्र बराल र कुलप्रसाद खरेल रहेका छन् ।रेडियो भिजन २००० वाट बाट निरन्तर सञ्चालनमा रहेको छ ।