करोडौँ ठगी आरोपमा सुन व्यापारी विश्वकर्मा जेल चलान

गौरादह,३१ साउन । तीस करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका झापा गौरादहका सुन व्यवसायी दम्पतीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।आज भएको थुनछेक बहसमा ठगी आरोपमा पक्राउ परेका गौरादह १ स्थायी निवासी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत झापाले आदेश दिएको हो ।

विश्वकर्माविरुद्ध स्थानीय पुष्पराज गुरागाईसहित ४७६ जनाले उजुरी दिएको आधारमा पक्राउ परेका निज दम्पतीलाई अनुसन्धान पश्चात जेल चलान गरिको हो ।

झापा जिल्ला र मोरङका बासिन्दाहरुसँग महँगो व्याजको प्रलोभन देखाई पैसा लिएको पीडितहरुको उजुरी पश्चात् गौरादहमा विगत लामो समयदेखि सुनचाँदी पसल चलाउँदै आएको विश्वकर्मा दम्पतीलाई प्रहरीले पक्राउ गरेको थियो ।उक्त ठगी धन्दामा संलग्न अन्य २ जना भने अझै फरार रहेको प्रहरी श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.