सवारी दुर्घटना हुदाँ बाह्रदशीमा एकको मृत्यु अर्का गंभीर घाइते

झापा , ३२ साउन । झापा, बाह्रदशी गाउँपालिकाको सिमलचौकस्थित भित्री सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

राति १०.३० बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र–१–०१–०१२ प १९४२ नं। को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–००१ च ७२७७ नं। कारले पछाडीबाट ठक्कर दिँदा स्कुटीको पछाडी सवार धनुषा गणेशमान चारनाथ ६ घर भई हाल कन्काई ८ मा डेरा गरी बस्ने ३२ वर्षिया सरस्वती मगरको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल पु¥याउना साथ मगरलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यस्तै स्कुटी चालक बाह्रदशी ७ बस्ने २८ वर्षिया प्रमिता कार्कीलाई उपचारको लागि बिएण्डसी अस्पतालमा भर्ना गरिएको छ । घाईतेको टाउको, निधार, शरीरको बिभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अबस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्कुटी र कार ईप्रका घैलाडुब्बाको नियन्त्रणमा र ठक्कर दिने कार चालक ईलाम माई जोगमाई २ बस्ने २४ वर्षिय जंगबहादुर बस्नेतलाई ईप्रका बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.