दमक,३२ साउन । दमक उद्योग वाणिज्य संघले यही भदौ ६ र ७ गते आयोजना गर्ने दोश्रो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगिताको टाइसिट (खेल तालिका )सार्वजनिक गरेको छ ।
संघले शुक्रवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठसहित विभिन्न बस्तुगत संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा फुटसल प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको हो ।
दमक उद्योग वाणिज्य संघको ३४ औ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको सो फूटसल प्रतियोगितामा १२ वटा बस्तुगत टिम सहभागी रहेको संघको खेलकुद तथा स्वास्थ्य उपसमितिका संयोजक तुलसीराम तिम्सिनाले बताए ।
दमक ५ स्थित विष्ट फूटसल मैदानमा हुने सो प्रतियोगिताको समूह (ए ) तर्फ थान कपडा,सुनचाँदी ,निर्माण ,कस्मेटिक तथा ब्याग ,मोवाइल ,अटोमोवाइल र किराना तथा खाद्यान्न ब्यवसायी संघ छन् । यसैगरी खेल तालिकाको (बी ) समूहमा रेडिमेड,फर्निचर तथा फर्निसिङ्ग ,जुत्ता चप्पल,स्वास्थ्य ब्यवसायी संघ र आयोजक दमक उद्योग वाणिज्य संघ रहेको संघको खेलकुद तथा स्वास्थ्य उपसमिति सदस्य मोहन मगरले बताए ।
ब्यवसायी बीच मैत्रीपूर्ण र आपसी सद्भाव बढाउनका लागि संघले गतवर्ष देखि संस्थाको स्थापना दिवसका अवसर पारेर व्यवसायीहरुवीच फुटसल प्रतियोगिताको आयोजना गरिआएको संघका अध्यक्ष गोपाल गुरागाईले बताए ।
दोश्रो संस्करणको यस फूटसल प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार ३ सय ३३,उपविजेताले २२ हजार २ सय २२ रुपैयासहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि, म्यान अफ द सिरिज,म्यान अफ दि म्याचसहित म्यान दि म्यान घोषणा गरि नगद सहित ट्रफि प्रदान गरिने संयोजक तिम्सीनाले बताएका छन् ।