दमक ,३२ साउन । मैथिली सेवा समितिले दमकमा शुक्रवार आयोजना गरेको खुला रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित ५४ जनाले रगतदान गरेको आयोजक संस्थाका अध्यक्ष कृष्ण साहले बताए ।
गर्मीका समयमा रगतको अभाव हुन नदिन संस्थाले बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान लगायतका विभिन्न सामाजिक कार्यहरु गरिआएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका उपाध्यक्ष राजीव पूर्वे,कोषाध्यक्ष सन्तोषकुमार साह, सामाजिक युवा व्यक्तित्वहरु सागर खनाल, दुर्गा चम्लागाई , भरत दुलाल लगायतले रगतदान गरेका थिए ।
दमक -७ का वडाअध्यक्ष तथा कार्यवहाक नगर पमुख भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा सहभागि रक्तदाताहरुलाई मायाको चिनो स्वरुप फूलको विरुवा प्रदान गरिएको थियो । कार्यक्रममा दमक -६ का वडाअध्यक्ष टेकबहादुर थापा लगायत मैथिली सेवा समितिका पदाधिकारी तथा सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।