सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी, ३२ साउन। ईटहरी १७ लबिपुरमा सञ्चालित स्कि अंकित बडि ग्यारेजका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाऊपालिका ४ घर भई हाल सोही ग्यारेजमा कार्यरत मजदुर ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.