बेलबारीमा करेन्ट लागेर माझीको मृत्यु

बेलवारी,३० साउन । करेन्ट लागेर मोरङको बेलबारी नगरपालिका–५ मा एक जनाको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे घरमा जडान गरेको पंखा चलाउने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा बेलबारी- ५ का २५ बर्षीय प्रेम माझीको ज्यान गएको हो ।
करेन्ट लागेर घाईते माझीको तत्काल उपचारका लागि कोशी अस्पताल बिराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.