पथरीमा पतिले गरे पत्नीको हत्या

पथरी,३० साउन । मोरङको पथरीशनिश्चरेमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । घरयासी विवादमा कुटपिट हुँदा घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको हत्या गरेका हुन् । घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेर घाइते बनाएका थिए ।
पतिको कुटाइले घाइते भएकी भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । नोबेलले सोमबार रेफर गरेपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । पोखरेलका अनुसार उपचारकै क्रममा राति १० बजेतिर कर्णमायाको मृत्यु भएको हो ।
घरयासी विवाद भनेपनि प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । इलाका प्रहरी कार्यालय पथरीले घटनामा संलग्न हर्कजंगलाई पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published.