आङदेम्बे वंशका अग्रज सिंहराज सम्मानित

दमक,३० साउन । पापोहाङ आङदेम्बे सामाजिक कल्याण समिति झापाले आज दमकमा आफना वंशजकै अग्रज सिंहराज लिम्बू आङदेम्बेलाई सम्मान गरेको छ ।
दमक -१ निवासी ९७ बर्षिय उनलाई दमकमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो । ४८ पुस्ताका अग्रज व्यक्तित्व उनलाई पापोहाङ आङदेम्बेकै इतिहास पुरुषका रुपमा सम्मान प्रदान गरिएको संस्थाका सदस्य प्रेमकुमार आङदेम्बेले बताए ।
उनलाई दोसल्ला ,सम्मानपत्रद्धारा सुस्वास्थ्य,दिर्घायुसहितको कामनाका साथ सम्मानित गरिएको उनले बताएका छन् ।
पाँचथरको साविक सराङडाडा गाविस हाल मिक्लाजुङ गाउँपालिका १ मा विस १९८४ साल चैत २० गते जन्मिएका उनी लामोसमयदेखि दमक -१ मा स्थायी बसोबास गरिआएका छन् ।
संस्थाका अध्यक्ष सन्तविर आङदेम्बेको अध्यक्षता तथा किरात याक्थुङ चुम्लुङ झापाका पूर्व अध्यक्ष टेकबहादुर आङदेम्बेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जयश्वर आङदेम्बेले राखेका थिए ।
कार्यक्रममा भवानी बिक्रम आङदेम्बे ,महेन्द्र आङदेम्बे लगायतले यस संस्थाले आङदेम्बे समुदायको हितका निम्ति गर्देआएको सामाजिक कार्य प्रंशसनीय भएको औल्याएका थिए । सम्मान कार्यक्रममा झापाका आङदेम्बे समुदायका अगुवा तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.