माओवादी केन्द्रद्धारा दमक र कमलमा संगठन विस्तार

कमल ६ मा माओवादी केद्रको वडाकमिटी

दमक,३० साउन । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले दमक र कमलमा संगठन विस्तार गरेको छ । पछिल्लो दुई साताको अवधिमा माओवादीले पार्टीगत संरचना सुढृढीकरण अभियान अन्तर्गत दमकका १० वटै र कमल गाउँपालिकाका ७ वटै वडामा पार्टी गठन सम्पन्न गरिएको पार्टीले जनाएको छ ।
नेकपा विभाजन भएपछि पार्टी संगठन क्रियाशील गराउन पहिलो चरणमा वडातहमा पार्टी संगठन निर्माण गरिएको माओवादी केन्द्र दमकका सचिव तीर्थराज बस्नेत (शंकर )ले बताएका छन् । पार्टी संगठन निर्माणसंगै अव भातृसंगठन,टोल तथा एरिया कमिटीलगायतका आवश्यक अन्य संरचना निर्माण गरिने उनले दावी गरेका छन् । उनले भने,–‘हिजो जर्वजस्ती पार्टी मिलाएकाले जनताले रुचाएनन् , अहिले दमकका वडा भेलामा पार्टी कार्यकर्ता,शुभेच्छकुहरुको उत्साहजनक उपस्थिति पाएको छु । यसले पार्टी संगठन मजवुत गर्न हौसल्ला प्राप्त भएको छ ’
माओवादी केन्द्र कमलका सचिव रविन गुरुङका अनुसार हिजो शुक्रवार सम्पन्न कमल १ को वडा भेलाले भक्त कार्कीको अध्यक्षतामा र महानन्द फूयल सचिव रहेको २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
त्यस्तै कमल २ को वडा भेलाबाट खड्ग नारायण आचार्य अध्यक्ष र दिपक भट्टराई सचिव रहेको १७ सदस्यीय वडा कमिटी र कमल ६ मा सोभलाल राजवंशी अध्यक्ष र लक्ष्मी गौतम सचिब रहेको २१ सदस्यीय वडा कमिटी गठन गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.