प्रभावकारी बन्दै ‘वडादेखि ढोकासम्म’होम डेलिभरी

पथरी शनिश्चरे, ३० साउन । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्ना वडाबासीहरुको सुबिधाका लागि ‘वडादेखि ढोकासम्म’होमडेलिभरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
नेपालमा नै पहिलोपटक स्थानिय सरकार भनेर चिनिएको सो वडाले जनतालाई कागजपत्र होमडेलिभरी गर्ने गरी गत सालदेखि‘वडादेखि ढोकासम्म’कार्यक्रम सुरुवात गरिरहेको हो ।
हाल सो वडा कार्यलयले होमडेलिभरी गर्दै आएको क्रमशः जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता , मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता जन्म प्रमाणित , मृत्यु प्रमाणित, अस्थायीरस्थायी बसोबास प्रमाणित , विपन्न नागरिक सिफारिस, ६८ बर्ष पूरा भएपछि राज्यले दिने जेष्ठ नागरिक भत्ता कार्ड , अपांगता परिचयपत्र सिफारिस, दीर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपांगता भएका ब्यक्तिहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित , ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित जस्ता महत्वपूर्ण कागजात रहेका छन् ।
बच्चा जन्मेको ३५ दिनभित्र वडा कार्यलयमा म्यासेन्जर, इमेल, वाट्सएप आदिबाट खबर भएको खण्डमा वडाले जन्मदर्ता लगायतको कागजात घरैमा लगिदिने कार्यक्रमलाई निरन्तर सञ्चालन गरिरहेको वडाध्यक्ष नवीनजंग कार्कीले बताए।
कार्यक्रमलाई थप ब्यबस्थित तथा प्रभाबकरी बनाउन अब वडा नम्बर ८ भित्र जन्मने बालबालिकाहरुलाई चिनो स्वरुप फोटो सहितको फ्रेम उपहार र जन्मदर्ता सँगै होमडेलिभरी गर्ने कार्यको औपचारिक रुपमा थालिएको उनले जानकारी दिए।
आजै वडाको माझी टोल निवासी मिलन परियार र भोजकुमारी परियारको छोरा अमन परियारलाई जन्मदर्ता साथै फोटोफ्रेम घरमै गएर हस्तान्तरण गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष कार्की, वडा सचिव बालकृष्ण राई, वडा सदस्य झमकबहादुर लिम्बू सहितको टोलीले होमडेलिभरी गरि फोटोफ्रेम दिने कार्यक्रमको सुभारम्भ गरिएको बताए।
सुत्केरी आमाहरु वडामा आउनु पर्दैन, हामी तपाईंको घरमा आउँछौ भन्दै उनले सबैजनालाई यो सुविधाको उपभोग गर्नका लागि वडा अध्यक्ष कार्कीले अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published.