प्रहरीद्धारा ११३ केजी विषाक्त माछा बरामद

पथरीशनिश्चरे, ३० साउन । भारतबाट भित्रिएको विषाक्त माछा मोरङको शनिश्चरेबाट प्रहरीले मंगलबार नियंन्त्रण गरी नष्ट गरेको छ ।
मृतकको लाश नकुहिने केमिकल “फर्मालिन” प्रयोग गरेर लुकाई छिपाई भारतबाट ल्याएको १ सय १३ केजी माछा इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
पथरी शनिश्चरे नगरपालिका वडा न। १ का वडाध्यक्ष भिमकुमार राई, पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दिपक बस्नेत, पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जयराम बिष्ट, शान्ति सामुदायिक वन उपभोक्ता, समूहका अध्यक्ष कुलमणि गुरुङको रोहबरमा माछालाई खाल्डो खनेर गाडी नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दाहालका अनुसार पथरी बजार क्षेत्रमा फर्मालिन प्रयोग गरेको माछा बेचबिखन गर्न ल्याउदै गरेको अवस्थामा पथरी शनिश्चरे १ फिल्महल लाइनबाट नियन्त्रणमा लिएको जानकारी दिए ।
फर्मालिन प्रयोग गरेको माछा खाँदा स्वास्थ्यमा गम्भीर असर गर्ने र सरकारले प्रतिबन्ध गरेको हुँदा नियन्त्रणमा लिइएको डीएसपी दाहालले जनाए । पथरी बजारमा माछाको ब्यापार गरिरहेका सम्पूर्ण व्यापारीहरुलाई बोलाएर त्यसखाले माछा नबेच्न समेत सूचना गरिएकोे बताए।

Leave a Reply

Your email address will not be published.