कांग्रेसहितका पाँच दलीयको माग पूरा गर्न नगरपालिका तयार

दमक,३० साउन । दमक नगरपालिकाले नेपाली कांग्रेससहितका दलहरुले उठाएका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रवार नगरपालिकाले कांग्रेससहितका पाँच दलीय गठबन्धनका स्थानीय नेतृत्वसंग अन्तरकृया गरि दलहरुले उठाएका माग सम्बोधन गर्न लिखीत प्रतिवद्धता जनाएका हुन् । कांग्रेस दमक नगर सभापति रोशन विष्टले नगरपालिकाले आफूहरुले उठाएका मुद्या समाधान गर्न लिखीत सहमति गरि कार्यान्यन गरिने प्रतिवद्धता आएको वताए ।
उनका अनुसार स्थानीय सरकारले अव उप्रान्त दलीय सहमति,सहकार्य कायम गरि नगरको विकासमा अघि बढ्ने निर्णय गरिएको छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय लिम्बूवान मञ्च,नेकपा माले लगायतका दलहरुले नगरपालिका भित्रका शिक्षा, स्वास्थ्य ,विकास निर्माण लगायतका मुख्य सरोकारका विषयमा १० वुदे ज्ञापन पत्र बुझाएको थियो । माग पत्रमा कोभिड रोकथाम, स्वास्थ्य विमामा नागरिकलाई उपचारमा सहजता, विद्यालय व्यवस्थापन गठन प्रकृया, विकास निर्माणको अनुगमनमा दलीय प्रतिनिधित्व कायम गर्ने लगायतका विषय समावेश गरिएको छ ।
सभापति विष्टका अनुसार अव उप्रान्त स्वास्थ्य विमाको पहिलो विन्दुका रुपमा रहेको दमक अस्पतालमा उपचारका लागि आउने नागरिकहरुको भिडभाडका कारण संक्रमण जोखिम बढाएकाले त्यसलाई न्यूनीकरण गर्न सामुदायिक अस्पतालमा रुपमा रहेको आम्दा अस्पतालबाट पनि विमाको रिफरल सेन्टर सञ्चालन हुने गरि कार्य अघि बढाउने सहमति भएको छ । जसले गर्दा एकै ठाँउमा विमाको उपचार र रिफरमा चर्को सास्ती खेप्दैआएको समस्या थोरै भएपनि हल हुने उनले बताएका छन् ।
यसअघि दमक अस्पतालले मात्र विमाको विरामी जाँच र आवश्यकता अनुसार रिफर गरिआएको थियो । त्यहाँ विरामी जाँच र रिफर लिन जोखिम मोलेर घण्टौ समय कुर्नु पर्ने समस्या रहेको थियो । स्थानीय सरकारले सञ्चालन गरिआएको सरकारी अस्पताल दमक अस्पतालमा विमाका मात्र दैनिक करिव ५ सय बढी नागरिकले सेवा लिदैआएका थिए । अस्पतालमा उपचारका लागि आउने नागरिकको भीडका कारण कोभिड लगायतका अन्य संक्रमणको जोखिम निम्त्याएको भन्दै आलोचना हुदैआएको थियो । जिल्लामै सवैभन्दा धेरै स्वास्थ्य विमा गराएको दमकमा हाल ७ वटा अस्पतालबाट विमामार्फत उपचार हुदै आएका छन् । जिल्ला भरि विमामार्फत उपचार गराउने पाउने स्वास्थ्य संस्थाको संख्या २३ वटा छ ।
यसैगरि लामोसमयदेखि काम चलाउ रहेको विद्यालय व्यवस्थापन समिति गठन प्रकृया अभिभावकहरुको प्रतिनिधित्व हुने गरि विद्यालय व्यवस्थापन समिति गठन गरिने, विकास निर्माणको अनुगमनमा दलीय प्रतिनिधित्वलाई समावेश गरिने सहमति भएको छ । नगरपालिकामा प्रतिनिधित्व नभएका कांग्रेससहितका ती दलहरुले जनप्रतिनिधिको नेतृत्वमा काम चलाउ रहेको विद्यालय व्यवस्थापन समिति विरुद्ध आन्दोलित हुदैआएको थियो । स्थानीय अभिभावक विनाको विद्यालय व्यवस्थापन समितिको गठन प्रकृया प्रति लामोसमयदेखि विरोधमा थियौ, ढिलै भएपनि विद्यालयको सुधारमा स्थानीय सरकारले यस मुद्यलाई सम्बोधन गर्ने प्रतिवद्धता देखाएको कांग्रेस सभापति विष्टले बताएका छन् । विद्यालय खुल्न त्यस्तो विद्यालय व्यवस्थापन समिति गठन गर्ने सहमति भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.