मोरङमा भारतीय नागरिकको शव फेला

मोरङ,२८ साउन । मोरङको सुन्दरहरैँचामा एक जना भारतीय नागरिकको शव फेला परेको छ ।सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरीका अनुसार खानले भाँडावर्तन बनाउने उद्योगमा काम गरिआएका थिए । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published.