दुई वटा बस एकापसमा जुद्ददा १२ जना यात्रु घाइते

झापा,२८ साउन । झापाको शिवसताक्षीमा दुईवटा बस ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर घाइते हुनेहरूमा झापा , गौरादह–१ का ४० वर्षीया सीता राजवंशी, गौरादह–३ का ३५ वर्षीया सुनिता कँडेल, गौरादह–१ का ३५ वर्षीय प्रियङ्का चौधरी, शिवसताक्षी नगरपालिका–१ का ८३ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, शिवसताक्षी–७ का २० वर्षीया सेनुम खजुम, शिवसताक्षी–८ का २७ वर्षीया रञ्जना थेगिम रहेकी छिन् । यसैगरि, कनकाई नगरपालिका –३ का २१ वर्षीया अञ्जली कार्की, कनकाई–३ का १७ वर्षीय नुमा लिम्बु, कनकाई–४ का २१ वर्षीया अबिसा कार्की, कनकाई–५ का ४० वर्षीया सरिता थोलुङ, इलाम फिक्कल–११ का ३६ वर्षीय फुर्वा मोक्तान, मोरङ सुन्दरहरैचा–३ का ६२ वर्षीया रिता कार्की घाईते भएकी छन् ।
घाइतेहरूको अनुहार, टाउको, खुट्टा, हातमा चोट लागेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका–८ स्थित डुडामारीमा आइतबार बिहान ११ः२५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ३४२२ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको प्र–१–०२–००१ ख ९२६२ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।
प्र–१–०१–००१ ख ३४२२ नम्बरको बस यात्रु ओसार्न बस स्टेसनमा रोकी राखेको अवस्थामा प्र–१–०२–००१ ख ९२६२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनीहरूलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको र अवस्था सामान्य रहेको डीएसपी रिजालले बताए ।
यता इलाका प्रहरी कार्यालय झिलझिलेले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ । प्र १–०१–००१ ख ३४२२ नम्बरको बस चालक मेचीनगर–७ का २८ वर्षीय सरोज उराउ र प्र–१–०२–००१ ख ९२६२ नम्बरको बस चालक मोरङ उर्लाबारी–६ का ३० वर्षीय रामेश्वर धामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.