मेची सहकारीले बुझायो रु २ करोड बढी कर

दमक,२८ साउन । दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न शीर्षकमा रु २ करोड बढी राज्यलाई कर बुझाएको छ । संस्थाको आइतवारदेखि शुरु २७ औं बार्षिकोत्सव तथा २९ औं साधारणसभाका अवसर पारेर सञ्चार उपसमितिले आइतवार पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०७९- ०८० मा कर्जा लगानीमार्फत रु ४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको र त्यसवापत राज्यलाई विभिन्न शीर्षकमा रु २ करोड २३ लाख ७७ हजार २ सय ६० रुपैया कर बुझाएको संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले जानकारी दिए ।
यो अघिल्लो आर्थिक बर्षको तुलनामा १८ प्रतिशत बढी हो । जसअनुसार सवैभन्दा बढी आयकरमा रु ८२ लाख ६१ हजार ४६, व्याजकरमा रु ८२ लाख ४५ हजार ८ सय २४, लाभांश करमा रु २१ लाख ६२ हजार ५९५, साधारणसभाको भत्ता करमा रु १० लाख ६१ हजार ३ सय २७,संरक्षित पूंजी करमा रु १० लाख ६१ हजार ३२७, कर्मचारी पारिश्रमिक कर रु ६ लाख ५० हजार ४१०,भुक्तानीमा गरेको टिडीएस कर रु ६ लाख २८ हजार ३५० र समिति तथा उपसमितिको भत्ताको करमा रु ३ लाख १५ हजार ९६४ रुपैया कर बुझाएको उनले जानकारी दिए ।
प्रदेशकै उत्कृष्ठ सहकारीबाट पुरस्कृत भईसकेको यस सहकारीले दमकबाट धेरै कर बुझाएको दावी संस्थाको छ ।
संस्थाको वित्तीय आँकडा प्रस्तुत गर्दै उनले त्यसवर्ष संस्थाले रु १० करोड बढी नाफा कमाउन सफल भएको जानकारी दिए । उनले आगामी बर्ष रु १६ करोड नाफा कमाउने र २ हजार ७ सय ५० जना नयाँ सदस्य संख्या थप गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख थापाले जानकारी दिए । संस्थामा अघिल्लो बर्ष रु ३५ करोड ५५ लाख ७८ हजार रुपैयाँ शेयर पुँजी रहेकोमा गत वर्षमा भने रु १ करोड ९४ लाख ५ हजार रुपैयाँ थप भएको जानकारी दिइयो ।
संस्थाको अघिल्लो बर्ष रु २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा रु १ करोड ९० लाख रुपैयाँ थप भई हाल रु ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।
संस्थाको साधारणसभा विभिन्न सात वटा इकाईमार्फत आइतवारदेखि शुरु भई भदौ ३ गतेसम्म चल्ने र १२ गते प्रमाणीकरण गरि विधिवत साधारण सम्पन्न हुने संस्थाले जनाएको छ । इकाई अन्तर्गत १२ वटा सेवा कार्यालयका १५ हजार २ सय ५८ जना शेयर सदस्यहरुले सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published.