
दमक,२९ साउन । दमक ६ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले यसवर्षको ‘गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार’ राष्ट्रिय सहकारी बंैकका अध्यक्ष केवी उप्रेतीलाई दिने भएको छ ।
संस्थाका पूर्व अध्यक्ष स्व. बस्नेतको स्मृतिमा स्थापित सो पुरस्कारबाट यसवर्ष सहकारीका क्षेत्रलाई अगुवाई गरिआएका उप्रेतीलाई रु ३० हजार राशीको पुरस्कार प्रदान गरिने भएको हो ।

यस्तै, संस्थाले सहकारी क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट रु १० हजार राशीको ‘ गणेशप्रसाद बस्नेत उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रेस काउन्सिलका सदस्य तथा विर्तामोडस्थित रेडियो भिजनका संचालक गणेश पोखरेललाई प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष नारायण भट्टराईले बताए ।
संस्थाको यहि भदौ १२ गते हुने २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाका अवसर पारेर ती दुवै पुरस्कार वितरण गरिने उनले जानकारी दिए ।
संस्थाले विगत चार वर्षदेखि आफनो साधाारणसभाका अवसरमा सहकारीका क्षेत्रमा कलम चलाउने पत्रकार र एक जना अभियान्तालाई पुरस्कृत गरिआएको छ ।