कमजोर नबन्न प्रहरी महानिरीक्षक शैलेश थापाको निर्देशन

बिराटनगर, २७ साउन । प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिएका छन । आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिदै उँहाँले उक्त कुरा बताएका हुन ।

प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लाग्न पनि निर्देशन दिए । प्रहरीले शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरीकहरुलाई प्रत्याभुत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन पनि महानिरीक्षक थापाले निर्देशन दिएका छन ।

प्रहरीले समाजमा हुने अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा काम कारवाही गर्न पनि थापाले निर्देशन दिए । अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसंग अन्तरक्रिया समेत गरिएको छ ।

प्रहरी कार्यालयका प्रमुखहरुले आ(आफ्नो जिल्लाको बारेमा प्रस्तुतिकरण गरेका थिए भने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी। ले समग्र प्रदेशको बारेमा जानकारी गराएका थिए । सो अवसरमा आफु मातहातका प्रहरी प्रमुखहरुलाई निर्दैशन दिदै प्रहरी महानिरीक्षक थापाले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन तर्फ बिशेष ध्यान दिन आग्रह गरेका छन । लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तर्फ बिशेष चनाखो हुन र महिला तथा बालबालिका माथी हुने हरेक घटनालाई गम्भिरता पुर्वक लिन समेत निर्देशन दिएका छन ।

Leave a Reply

Your email address will not be published.