दमक ,२७ साउन । नेपाली कांग्रेस कमल ६ वडा समितिले आज वडा सम्मेलन सम्पन्न गरेको छ । स्थानीय नेपाल रेडक्रस सोसाईटीको सभाहलमा औपचारिक कार्यक्रम गरि वडा सम्मेलन सम्पन्न गरेको वडा सचिव नारायण भट्टराईले बताए ।
कांग्रेस झापाका जिल्ला सदस्य विष्णु सुब्बाको प्रमुख आतिथ्यतामा भएको वडा सम्मेलनमा रोशन दाहालले हालसम्म वडासमितिले गरेको सांगठानिक तथा आर्थिक कारोवार सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभापति दाहालको प्रतिवेदन माथि सहभागि पार्टी सदस्यहरुले आ-आफनो विचारसहित पार्टी संगठन निर्माण लगायतका विषयमा सुझाव समेत राखेका थिए । सहभागिको सुझाव पछि प्रस्तुत प्रतिवेदनलाई शंसोधनसहित पारित गरिएको सचिव भट्टराईले बताए ।
वडा उपसभापति ओमनाथ पराजुलीले स्वागत मन्तव्य राखेको सो वडा सम्मेलनमा प्रमुख अतिथि सुब्बा, जिल्ला सदस्य नैनकला सेढाई, क्षेत्रीय सचिव धर्मानन्द भट्टराई, महाधिबेशन प्रतिनिधि टिकाराज सापकोटा लगायतले पार्टी संगठन मजवुत बनाए मात्र कांग्रेस बलियो हुने भन्दै सवै सक्रिय हुनुपर्ने औल्याएका थिए ।
आजनै कमलका ७ वटा वडा मध्ये वडा न. २ र ५ वडा भने एक साता भित्रमै वडा सम्मेलन गरि गाउँ सम्मेलनको तयारी तीव्र पारिएको कांग्रेस कमलका कार्यवहाक सभापति पदम निरौलाले बताए ।