वडाले दियो सिटी तथा अटो चालकलाई पोशाक

दमक,२७ साउन । झापाको कमल गाउँपालिका वडा न. ५ले वडाका सिटीसफारी चालकहरुलाई सवारी चालक पोशाक दिएको छ ।वडा कार्यालयमा आज बुधबार संक्षिप्त कार्यक्रम गरि वडाका ५६ जना सिटी तथा अटो चालक मजदुरहरुलाई सवारी चालक पोशाक वितरण गरिएको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए ।
चालकहरुलाई आफनो पेशातर्फ प्रोत्साहित गरि सवारी सञ्चालनका क्रममा सघाँउ पुरयाँउन उद्देश्यले चालक नामांकित ज्याकेट उपलव्ध गराइएको उनले बताएका छन् ।
चालक पोशाक हस्तान्तरण गर्दे वडाध्यक्ष निरौलाले वडाभित्रका थप सिटी तथा अटो चालकहरुलाई यसरीनै चालक पोशाक वितरण गरिदै लैजाने उल्लेख गरे ।
कमलका ७ वटै वडामा गाँउपालिकाले सिटी तथा अटो चालक मजदुरहरुलाई चालक पोशाक वितरण गरिएको जनाईएको छ । कार्यक्रममा वडा सदस्य खगेन्द्र तिवारी,भूमिका महरा,मजदुर अगुवा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.