दमक ,२६ साउन । नेपाल प्रेस युनियन झापा शाखाले संगठन सुढिढकरणका लागि सय दिने सदस्यता विस्तार अभियान शुरु गरेको छ । युनियन केन्द्रीय समितिले गत साउन १५ देखि आगामी कात्तिक २१ सम्म सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणका लागी सबै जिल्लालाई सय दिने अभियान सञ्चालन गर्न भनी जारी परिपत्र अनुसार झापा जिल्ला शाखाको बैठकले पनि अभियान सञ्चालन गर्ने निर्णय गरिएको युनियन झापा जिल्ला अध्यक्ष गिरीराज भट्टराईले जानकारी दिए ।
जिल्लामा रहेका युनियनका केन्द्रीय पदाधिकारी,सदस्यहरु तथा प्रदेशका पदाधिकारी तथा सदस्यहरु सम्मिलित आज बसेको जिल्ला बैठकले सय दिने झापामा शसक्त रुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव अर्जुन राजवंशीले बताए । अभियानलाई प्रभावकारी बनाउन युनियनका जिल्ला उपाध्यक्ष ईश्वर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष सविना लिम्बू तथा सदस्यहरु बिष्णु पौडेल, बिष्णु श्रेष्ठ र देवेन्द्र प्रसाईं सदस्य रहेको पाँच सदस्यीय समिति समेत गठन गरेको छ । समितिले पुराना सदस्यहरुको
नविकरण र जिल्लामा क्रियाशिल पत्रकारहरुबाट युनियनमा प्रवेश गर्ने नयाँ सदस्यहरुलाई सदस्यता वितरणका लागी सहजीकरण गर्ने जनाईएको छ ।
त्यसैगरी युनियन झापाले पेशागत सवलीकरणमा जोड दिदैं संबिधान सम्बन्धि बहस सञ्चालन गर्न तथा कार्य योजना बनाउन जिल्ला अध्यक्ष भट्टराईलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।