जुवाखालबाट कोशी प्रदेशका पूर्वमन्त्रीसहित११ जना पक्राउ

झापा,२७ साउन । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद बुद्धिकुमार राज भण्डारीसहित ११ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–८ स्थित गौरीघाटबाट शनिबार साँझ जुवा खेलिरहेको आरोपमा भण्डारीसहित उनीहरु पक्राउ परेका हुन् ।
उनीहरूलाई प्रहरी वृत्त, गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सांसद भण्डारीसहित उत्तम प्रसाद राई, बीर बहादुर राई, अनिष तामाङ, ठूला तामाङ, दीपक खड्का, पुरुषोत्तम शर्मा, भीम बहादुर साम्बाहाम्फे, रबी श्रेष्ठ, राजु महत र माधव थापा रहेका छन्।
भण्डारी सोलुखुम्बु क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद हुन्। उनी यसअघि कोसी प्रदेशका सामाजिक विकास मन्त्री थिए ।
त्यस्तै, पुरुषोत्तम शर्मा टेलिश्रृङ्खला ‘सक्किगो नि’ का कलाकार हुन्। उक्त टेलिशृंखलामा शर्मा प्रहरी इन्स्पेक्टरको भूमिकामा छन् ।
त्यस्तै, वीरबहादुर राई पनि जनप्रतिनिधि हुन्। उनी सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले पक्राउ परेकाहरूलाई कानुन अनुसार कारबाही हुने बताए ।

Leave a Reply

Your email address will not be published.