दमक ,२६ साउन । दमक -६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधारणसभा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ शुक्रवार दमक उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम गरि आफनो १२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सभामा संस्थाका अध्यक्ष बिष्णु न्यौपानेले अध्यक्षको प्रतिवेदन र लेखा समितिकातर्फबाट लेखा संयोजक सोमनाथ चम्लागाईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा दुवै प्रतिवेदनलाई सुझावसहित पारित गरिएको व्यवस्थापक बिनोदकुमार मिश्रले बताए ।
सोहि सभामा शेयर सदस्यका परिवारबाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने सामुदायिकतर्फ आकृति दाहाल र संस्थागततर्फबाट छात्र नमन अग्रवालसहितकालाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै,गतवर्ष संस्थामा उत्कृष्ठ कारोवार गर्ने संगीता श्रेष्ठ,प्रमिला मिश्र दाहाल, तिलु राई,देवेन्द्र बराल,रहिस्मा श्रेष्ठ,मनमाया आचार्य लगायत २० जना शेयर सदस्यलाई समेत पुरस्कृत गरिएको थियो । सभामा उपप्रमुख भट्टराईसहित दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा, मेनेजर क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले,जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइराला, संस्थाका संस्थापक अध्यक्ष गोपाल गुरागाई लगायतकाले सहकारीको बारेमा चर्चा गरेका थिए ।