दमक,२६ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक पोष्ट छेउमा पूर्वबाट पश्चिमतर्फ पार्किङको लागि लैजाँदै गरिएको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बाग्मती प्र. ०३–००१ ख १६०२ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदलयात्री झापा मेचीनगर- ६ का सोही ठाउँका ४० बर्षिय चेतनाथ फुयालको मृत्यु भएको हो ।
ठक्करबाट घाईते उनलाई उपचारको लागि विएण्डसी अस्पताल बिर्तामोडमा लगिएकोमा उपचारको क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक झापा गौरीगन्ज- ४ का २४ बर्षिय प्रकाश कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।