विराटनगर,२७ साउन । विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आइतबार दिउँसो अस्पतालको आईसीयू कक्षबाट आगोको मुस्लो निस्किएको हो । विराटनगर महानगरपालिका–५ स्थित बरगाँछिमा रहेको उक्त अस्पतालको भुँइतलामा रहेको आईसीयू कक्षमा विद्युत् सर्ट भएर आगलागी भएको मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
आगलागीबाट भेन्टिलेटर ४ थान, एक्स रे मेसिन १ थान, मोनिटर १२ थान, ईसीजी मेसिन १ थान, ईभी मेसिर १ थान, एसी ३ थान, आईसीयू बेड १० थान जलेर नष्ट भएको उनले बताए ।आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।