उर्लाबारीमा सामुदायिक वन दिवस कार्यक्रम

पथरी शनिश्चरे, २६ साउन । सामुदायिक वन उपभोक्ता महासंघ मोरङले एक कार्यक्रमको आयोजना गरी सामुदायिक वन दिवस मनाएको छ ।
शुक्रबार ‘सामुदायिक वनको प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ उर्लावारी १ मा रहेको मनोहर सामुदायिक वनको हलमा सो दिवस मनाएको हो।
उर्लावारी नगरउपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष तथा पथरीशनिश्चरे १० स्थित डांस मोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा उर्लावारी नगर उपप्रमुख खतिवडाले विश्व जगतमा नेपालको पहिचान नै वन क्षेत्र भएकाले यसको विस्तार र विकास अहिलेको आवश्यकता रहेको वताईन् ।
उर्लावारी नगरमा रहेका सबै सामुदायिक वनहरुसित सहकार्य गरेर वन विकासका निम्ति सदैव उर्लाबारी नगरपालिका तत्पर रहेको उनको भनाई थियो ।
कार्यक्रममा उपभोक्ता महासंघका जिल्ला पदाधिकारी, विभिन्न नगरका पदाधिकारी, मोरङ जिल्लाभरका सय वढि सामुदायिक वनका पदाधिकारी तथा वनकर्मीहरुको उपस्थिति थियों ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका संस्थापक अध्यक्ष समेत रहिसकेका निरविक्रम किरातीलाई विशिष्ट योगदानको चर्चा गर्दै सम्मानपत्रसहित सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.