इटहरी,२६ साउन । सुनसरी कोशी गाऊपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एक जना मिस्त्रीको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ईनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् ।
सोमबार दिउसो १ बजे भएको सो घटनामा देवानगंज गाऊपालिका ३ का २४ बर्षीय मो। सतार अंसारी समेत घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गाँजासहित सिटी सफारी चालक पक्राउ
जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ बाट लागूऔषध गाँजासहित सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् ।
आज दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परे पश्चात राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।