किसान महासंघको स्थापना दिवस : बृक्षारोपणसहित अन्तरकृया गरि मनाईयो

दमक,२५ साउन । नेपाल किसान महासंघको ७२ औ स्थापना दिवसका अवसर पारेर बुधबार दमकमा बृक्षरोपण गरिएको छ ।महासंघ कोशी प्रदेश तदर्थ समितिले वृक्षरोपणसहित विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो ७२ ओै स्थापना दिवस मनाएको हो । महासंघले दमक ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको सभाहलमा ओैपचारिक कार्यक्रमसहित प्रतिष्ठान परिसरमा विभिन्न प्रजातिका फलफुलका २५० बिरुवा रोपिएको थियो ।
महासंघ कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा तथा नेपाली कांग्रेसका झापाका जिल्ला सभापति देउमान थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस झापाका उप–सभापति शेरबहादुर भट्टराई, महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य केशव भट्टराई, कांग्रेस कोशी प्रदेश सदस्य सञ्जय भट्टराई, कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खडका भट्टराई,संबिधानसभा सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ कोशी प्रदेश संयोजक बिश्वदीप लिङ्गदेन समेतको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा वक्ताहरुले नेपाली कांग्रेसको राजनीतिक आन्दोलनमा नेपाल किसान महासंघको योगदान अत्यन्तै ठुलो रहेको औल्याए । उनीहरुले कृषिमा आत्मनिर्भर बन्दै जानु पर्ने बर्तमान अवस्थामा चामलका लागि भारतसँग हात फैलाउनु हाम्रै कमजोरी भएकाले अबको किसान आन्दोलन आत्मनिर्भर कृषि र उन्नत कृषिका लागि हुनुपर्ने जोड दिए ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधिहरु मेदनीप्रसाद सिटौला, राजन ढुंगाना, पर्शुराम ढुंगाना, बिक्रम लिम्बू, महासंघ प्रदेशका उपाध्यक्ष भगिरथ शर्मा सुवेदी, प्रदेस सचिवद्वय भविन खड््का,नेपाल किसान महासंघ मोरङ्ग जिल्ला अध्यक्ष वसन्त हुँमागाई, लगायत महासंघका प्रदेश सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियोे । झापा, मोरङ्ग र सुनसरी जिल्लाका किसानहरु तथा पार्टी कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
महासंघका प्रदेश उपाध्यक्ष भगिरथ शर्मा सुवेदीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिको सदस्यमा मनोनित भएका बिराटनगर उपमहानगरपालिका १ का केशब बस्नेत र शनिश्चरे नगर पालिकाका जयबहादुर तामाङ्गलाई प्रमुख अतिथि कांग्रेस झापाका सभापति देउमान थेवेले मनोनयन पत्र हस्तान्तरण गरेको महासंघका प्रदेश सचिव यज्ञप्रसाद भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.