लागु औषधसहित मोरङमा एक जना पक्राउ

मोरङ, २६ साउन। लेटाङ नगरपालिका ९ बुढौली चौकबाट प्रतिबन्धित लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ- ८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.