गजललाई नेपाली माटो सुहाउँदो बनाउन जरुरी छ

प्रकाश आङदेम्बे
दमक, २६ साउन ।
गजलको विषयलाई लिएर चलिरहेको स्वस्थ क्रिया–प्रतिक्रियाको म सधै शुभेच्छुक हुँ । गजलको उत्थानमा निरन्तर लागिरहनु हुने स्रष्टाहरू प्रति पनि आभारी छु । तर हिजोआज जुन दरिद्र प्रवृति मौलाएको छ त्यसको घोरभत्सर्ना गर्दछु । मेरो पनि पहिलो गजल सङग्रह ‘आजभोलि’ वि।स।२०५८ सालमा प्रकाश भएको थियो । भर्खर दुइदशक पुगेछ । हामीले पनि तत्काल पुर्वाञ्चल गजल मञ्चको व्यानरवाट गजल अभियान चलायौ ।

सुदुर पश्चिमाञ्चल गजल मञ्च, गजल गृह नेपाल, अनाम मण्डली, अलिपछि मोतिराम गजल मञ्च, गजलमञ्च भूटान, लगायत, चितवन, पोखरा, नेपालगञ्ज, पर्वत आदि सबै क्षेत्रवाट सक्ने जति अभियान भयो । गजल मुसयरा लगायत धेरै संघ संस्था विदेशमा रहेर पनि गजलको उत्थानमा सक्रिय छन् । तात्कालिन समयमा अहिलेको जस्तो सस्तो प्रतिक्रिया र वाहवाहीको लागि सोसलसाइटहरू थिएन । सक्नेले पुस्तक आकारका पत्रपत्रिका, धेरैले हवाई पत्रिकावाट समेत गजलमा योगदान पु¥याएका छन् । रेडियोमा हेम भण्डारी, अच्युत घिमिरे, नविन दाहाल लगायत धेरै साथीहरूले गजललाई यहाँसम्म ल्याउनका लागि योगदान दिनु भएको छ । त्यो बेला पनि कोही बहरमा, कोही स्वतन्त्र लयमा गजल लेख्थ्यौं ।

बहस पक्कै हुन्थ्यो तर वर्तमान अवस्थाको जस्तो घटिया जिन्दावाद र मुर्दावाद थिएन हामीमा । सृजनाको वृहत्तर पाटोमा तातो बहस हुन जरुरी छ । बहसले हरेक विधालाई जिउँदो राख्छ तर कुनै पनि विधालाई वहसको नाममा आफ्नो पुर्खाको विर्ता जस्तो नठानौं । सानो सानो झुन्ड आफु अनुकुल छ भन्दैमा असफल, टोले ठुटे नेता जस्तो कुण्ठा नपोखौं ।

बहरमा लेख्नेले बहरमा लेखौं, स्वतन्त्र लेख्नेले स्वतन्त्र लेखौं । म त भन्छु गजललाई नेपाली माटो सुहाउँदो बनाउन जरुरी छ । बहरको नाममा होस या मेहफिलको नाममा होस हामी हाम्रो शैली, हाम्रो अनुहार भुलिरहेका छौं । गजललाई हाम्रो परिवेस सुहाउँदो, नेपाली भन्न मिल्ने बनाउन अझै बाँकी छ । सांगेतिक र सृजना दुवै हिसावले गजललाई नेपाली बनाउन जरुरी छ । अग्रजहरूले निक्कै समस्या झेलेर स्थापना गरेको साहित्यको एउटा सृजनशिल विधालाई कृपया खुल्ला बहस गर्दै अगाडि बढाऊँ । जे सुकै बहाना बनाउनुस झुन्ड लोकप्रियताको नाममा कृपया सृजनामाथिको निषेधलाई म पूर्ण विरोध गर्दछु ।

मलाई थाहा छ, हामी शेर भन्नेहरू शेर ९सिंह० झै हुनु पर्ने हो । हामी त व्वाँसो पो हुन थाल्यौ । किनभने व्वाँसोलाई मात्र झुन्ड जरुरी छ । ब्वाँसोको व्यहोरो भन्नै परेन । अन्तमा यत्ति भन्छु । साथी हो जसलाई जसरी अनुकुल हुन्छ सृजनामा लागौं । गजल कसैको पेवारअंस होइन । कुनै ठेकेदारको ठेक्का पनि होइन । गर्ने नै भए पनि सृजनाको विरोध सृजना बाटै गरौं । प्रकाश आङदेम्बेको फेसबुकबाट साभार

Leave a Reply

Your email address will not be published.