फाल्गुनन्द सभागृहको नामाकरण गर्न पहल गर्ने छु : नगर प्रमुख थापा


दमक,२५साउन । दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दमक- ९ मा निर्माणको अन्तिम चरणमा पुगेको दमक सभागृहको नाम शिलान्यास समयकै फाल्गुनन्द सभागृह नामांकरणका लागी आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

२८ औं विश्व अदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ दमक नगर समितिले मंगलवार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले आफु आदिवासी जनजातिको पहिचान र आस्तित्वलाई स्थापित गर्न लागि पर्ने स्पष्ट पारे । उनले सभागृहको शिलान्यासको समयमा रहेको नाम फाल्गुनन्द सभागृहनै कायम गर्ने गरी नगरकार्यपालिका बैठकमा प्रस्ताव लैजानै जानकारी गराए ।

कार्यक्रमका वक्ताहरुले दमकमा निर्माण गर्ने भनिएको आदिवासी संग्रहालय, कमलको आदिवासी रंगशाला र दमकमा निर्माण सम्पन्न हुन लागेको दमक सभागृहको नाउँमा आदिवासीको पहिचान मेटाउने काम गरेको गुनासो गरेपछि नगर प्रमुख थापाले आफुहरु सबैको अभिभावक बन्ने बताउँदै दमक सभागृहको नाउँ फाल्गुनन्द सभागृहनै कायम गराउने प्रतिबद्धता जनाएका हुन् ।

आदिवासी जनजाति महासंघ दमक नगर समिति अध्यक्ष गुमानसिंह तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न जातजातिहरुको सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

दमक ८ स्थित कस्मिक पार्टि प्यालेसमा औपचारिक कार्यक्रम गर्नु अघि आदिवासी जनजातिहरुको झाँकी सहित दमक नगर परिक्रमा गरिएको थियो ।कार्यक्रममा दमक नगर उप प्रमुख रेगिना भट्टराई, आदिवासी जनजातिका नेताहरु नित्यानन्द ताजपुरिया, मोहन धिमाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.