दमक,२५ साउन । दमक -६ मा रहेको पशुपति मन्दिरले (शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम) शुक्रवार मन्दिरमा राखिएको ताम्रपत्रको आयव्यय सार्वजनिक गर्नुका साथै त्यहाँ निर्माण गर्न लागिएको श्री शिवलोक सरोवर वाटिकाको शिलान्यास गरेको छ ।
धाममा संक्षिप्त कार्यक्रम गरि मन्दिरका अध्यक्ष समेत रहका दमक नगर प्रमुख रामकुमार थापाले मन्दिरको छानो निर्माण गर्न दाताहरुबाट प्राप्त हुन आएको सहयोगमार्फत यथार्थ आम्दानी २९ लाख १० हजार ६ सय २३ रुपैया र खर्च भने २८ लाख ९३ हजार ५२६ रुपैयाको भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उनले प्रस्तुत गरेका प्रतिवेदन भेलाले पारित गरेका थिए ।
ताम्रपत्रको छानो बनाउन ५ हजारदेखि माथि लाखौ रुपैयासम्म स्वेच्छिक रुपमा सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
सोहि अवसरमा नगर प्रमुख थापाले मन्दिर परिषरमा निर्माण गर्न लागिएको शिवलोक सरोबर बाटिकको समेत शिलान्या गरे । बाटिका बनाउन करिव १६ लाख ५० रुपैया अनुमानित खर्च लाग्ने समितिको तर्क छ । बाटिका निर्माण गर्न धाम व्यवस्थापन समितिसंगै पशुपति आध्यात्मिक महिला समूहको पहलमा सहयोग जुटाउने काम थालिएको धामका लक्ष्मण श्रेष्ठले बताए ।
२०१९ सालमा स्थापना भएको दमककै पूरानो यस मन्दिरमा दमकलाई पुण्यभूमि बनाउन हालसम्म १८ औ महापुराण आयोजना भईसकेको छ । सो कार्यक्रममा दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओली, दमक ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल, सामाजिक तथा धार्मिक व्यक्तित्वहरु शेरवहादुर भट्टराई,शुरेस सुब्बा,ऐश्वर्य तिम्सीना ,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु ल्गायतको उपस्थिति रहेको थियो ।