दमक,२४ साउन । दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की आउने भएका छन् । उनी मोरङ्गको बेलवारी नगरपालिकाबाट सरुवा भई दमक आउन लागेका हुन् ।
दमकको प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तानेपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा कार्की आउने भएको नगरपालिकाले जनाएको छ । उनी एक,दुई दिन भित्रमा जिम्मेवारी बुझन आउने बुझिएको छ ।
हप्ता दिन अघि निरौला एक महिलासंग अनैतिक कृयाकलापका कारण विवादमा तानिएपछि मन्त्रालयले उनलाई तानेको हो । उक्त हर्कतको विभिन्न क्षेत्रबाट चौतर्फी विरोध आएको थियो ।