कमल ,२२ साउन । झापाको कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रुपमा राजकुमार शाक्य आएका छन् । शाक्यले आजदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।
शाक्य भोजपुरको हतुवागढी गाउँपालिकाबाट सरुवा भई कमल आएका हुन् । उर्लावारी निवासी शाक्यले यसअघि पनि कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा केहिबर्ष आफनो कार्यभार सम्हालेका थिए । शाक्यलाई पालिका अध्यक्ष हुकुमसिंह राई, जनप्रतिनिधिहरु, कर्मचारीहरुले फूलमाला तथा खादा ओढाएर स्वागत गरेका थिए ।
आफनो कार्यभार सम्हालेपछि उनले कमलको विकासमा जनप्रतिनिधिहरुसंग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । कमलका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई भने प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको बुझिएको छ ।