-सेसेहाङ फियाक लिम्बू
आदिवासी दिवस अहिलेसम्म कुनैपनि राजनैतिक व्यानरमा मनाइएको सम्झना छैन्। संस्कार पनि छैन् । जे छ आदिवासीहरुको संस्थागत संस्थाहरुकै आयोजनामा मनाउँदै आएको अवस्था छ । त्यहि अनुरुप झापामा पनि अभ्यास हुँदै आएको छ । आदिवासी जनजाति महासंघले विगतदेखि नै मनाउँदै आएको छ । यो परम्परागत संस्थालाई अहिलेसम्म तोडमोड गरिएको छैन् ।
…………………………………………………………………………………………………………..
हामी यतिबेला २९औं आदिवासी दिवस मनाउने समयको संघारमा छौं । अर्थात अब केहिदिनपछि विश्वमा मै आदिवासी दिवस मनाउन लागिरहेका छौं । विशेष गरेर आदिवासी दिवसको दिन विश्वमा नै संसारमा रहेका आदिवासी जनजातिहरुको हक, अधिकार र एकताको बहस गर्ने गरिन्छ । मौलिक भेष, भुषा, बाजा, गाजा सहित मौेलिक झाँकीहरुको विशाल प्रदर्शन गरिन्छ र आफ्नो पहिचान र अस्तित्व जिवन्त रहेको झल्को दिने गरिन्छ ।
आदिवासी जनजातिहरुले यिनै कुराहरुलाई उजागर गर्दै यस वर्ष अर्थात अगष्ट ९, २०२३ तद्नुसार २०८० साल साउन २४ गतेका दिन विश्वमा नै २९औं विश्व आदिवासी दिवस मनाउन लागिरहेका छौं ।
नेपाल आदिवासी जनजाति महासंघले तयार पारेको पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सीपको प्रवर्द्धधन गर्दै पुर्ख्यौली भूमी, भााषा र संस्कृतिको संरक्षण गरौं भन्ने मूल नाराका साथ विश्वमा नै आदिवासी दिवस सम्पन्न हुँदैछ ।
यसरी मनाउँन लागिएको २९औं आदिवासी दिवस यसवर्ष झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुँगीस्थित आदिवासी रंगशालामा भव्य र सभ्य रुपमा मनाउन तयारी गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला, नगर, गाउँ समन्वय परिषद्, प्रदेश न १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, आदिवासी जनजाति रंगशाला प्रतिष्ठान लगायत झापामा रहेको सम्पूर्ण जातिय संस्थाहरुको संयुक्त आयोजनामा सो समारोह सम्पन्न हुन लागिरहेको छ ।
यसैबिच,२९औं आदिवासी दिवस साउन २४ गतेकै दिन कमल गाउँपालिकाको छिमेकी नगरपालिका दमकमा केही राजनैतिक विचारधारा बोकेको एउटा संस्थाले आदिवासीको नारा दिएर राजनैतिक स्वार्थको निमित्त अर्को विश्व आदिवासी जनजातिकै नारा दिएर कार्यक्रम गर्न लागिरहेको सामाजिक सञ्जालमा देखिरहेका छौं । त्यतिमात्र होइन, आदिवासी जनजातिको व्यानरमा उनिहरुको राजनैतिक संस्थाको नाम लेख्न र मञ्च नदिएको कुरालाई उछाल बनाएर सामाजिक सञ्जालमा आदिवासी जनजाति महासंघलाई तथानाम गाली बेइज्जती गर्ने काम पनि गरिहेको हामीले पाएका छौं । विशेष गरेर मैले उनिहरुलाई आग्रह गरिरहेको छु कि यसो नगर्नुस् भनेर । तर वहाँहरु अझैपनि पोखिनु छोड्नुभएको छैन ।
आदिवासी दिवस अहिलेसम्म कुनैपनि राजनैतिक व्यानरमा मनाइएको सम्झना छैन्। संस्कार पनि छैन् । जे छ आदिवासीहरुको संस्थागत संस्थाहरुकै आयोजनामा मनाउँदै आएको अवस्था छ । त्यहि अनुरुप झापामा पनि अभ्यास हुँदै आएको छ । आदिवासी जनजाति महासंघले विगतदेखि नै मनाउँदै आएको छ । यो परम्परागत संस्थालाई अहिलेसम्म तोडमोड गरिएको छैन् ।
यहि अनुरुप मनाउन लागिरहेको आदिवासी दिवसको सन्दर्भमा राजनैतिक विचारबाट स्थापित किरात लिम्बुवान अभियान समितिका जिम्मेवार व्यक्तिहरुले साझा कार्यक्रमको रुपमा मनाउन आग्रह गरेको सत्य हो तर राजनैतिक व्यानर नराखिने संस्थागत निर्णय भएपछि हामीले वहाँहरुलाई व्यानर राख्न र मञ्चमा सहभागी गराउन नसकेको जानकारी दिएको पनि सत्य हो । तर वहाँहरुलाई जबरजस्ती ठेलेर अर्कै ठाउँमा कार्यक्रम नै आयोजना गर्ने गरी बाध्य पारेका होइनौं । अहिले हामीलाई अर्थात महासंघलाई तथानाम गाली गर्दे अर्कै ठाउँमा आदिवासी दिवसको कार्यक्रमको आयोजना गर्नुको औचित्य पुष्टि गर्दै सामाजिक सञ्जाल मार्फत आम जनमानसमा छरिनुभएको छ ।
हामी त आग्रह पूर्वाग्रह नराखी आग्रह गर्दछौं कि साउन २४ गते आदिवासी दिवसकै नारामा कार्यक्रम नजुधाई दिनुहोस् । एकैदिन गलत म्यासेज जानेगरी झापामा दुई, दुई ठाउँमा कार्यक्रमको आयोजना नगरौं । यस किसिमको होडबाजीले राम्रो सन्देश दिँदैन । पहिचानको आन्दोलन उठिरहेको बेला हाम्रो एकतामा प्रश्न जन्मन सक्छ । त्यसकारण फेरि पनि एकपटक सोच्नुस् भनेर फेरिपनि आग्रह गर्न चाहन्छौं ।
यति आग्रह गर्दा पनि विश्व आदिवासीकै दिन कार्यक्रम गरेर आदिवासीहरुलाई राजनैतिक एजेण्डा नसुनाई यदि नहुने नै भए पनि महासंघलाई आक्षेप नलगाउनुस् । जो ,जो साथीहरु राजनैतिक विचारधारामा आदिवासी दिवसलाई प्रकारान्तर गर्न चाहन्दै हुनुहुन्छ, गर्नुस् । तपाईहरुले आफ्नै किसिमले गर्नुस् तर आदिवासी जनजाति महासंघलाई अनैतिक कार्य गर्ने संस्थाको रुपमा लिएर गाली बेइजती नगर्नुस् ।
अनि अन्तिममा आदिवासी जनजाति महासंघले व्यानर राख्न दिएन, मञ्च दिएन भनेर रोएर पनि नहिड्नुस् । बरु म त आग्रह गर्दछु कि आदिवासी महासंघले तपाईहरुलाई खोज्दै आउने बाटो बनाउनुस्, र आफू बन्नुस् ।
त्यसकारण म २९ओं आदिवासी दिवसको सन्दर्भमा झापामा मनाइने कार्यक्रमबारे भ्रमित नहुन आम जनमानसमा हार्दिक अनुरोध गर्दछु ।यसवर्षको आदिवासी दिवस झापा जिल्ला कमल गाउँपालिका ५ पाडाजुँगीस्थित आदिवासी रंगशालामा अगष्ट ९, २०२३ तदनुसार साउन २४ गतेका दिन भव्य र सभ्य रुपमा मनाइने भएकोले सो दिन आम जनमानस भेला भइदिन हुन र २९औं आादिवासी दिवस भव्यताका साथ सम्पन्न गर्न समेत हार्दिक अपिल गर्दछु । लेखक, किरात याक्थुङ चुम्लुङ झापाका जिल्ला अध्यक्ष हुन् ।