जसपाद्धारा दुई कार्यकर्तालाई कारवाही

दमक,२१ साउन । जनता समाजवादी पार्टी क्षेत्र न. ५ क्षेत्रीय समितिले पार्टीका दमकका दुई जना कार्यकर्तालाई कारवाही गरेको छ ।पार्टीका क्षेत्रीय अध्यक्ष ओममाया आङदेम्बे र सचिव दिवाकर राईले आज विज्ञप्ति जारी गरि पूर्व दमक नगर अध्यक्ष खेम दाहाल र सचिव सुनिल राईलाई कारवाही गरिएको उल्लेख छ । दुवै नेतृत्वले पार्टी नीति नियम तथा आचरण विपरीत गतिविधिमा संलग्न भएको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको जनाईएको छ ।
उपेन्द्र यादव नेतृत्व दमकमा दुई समूह गठन भएसंगै विवाद किचलो बन्दै गएको छ । एउटा समूहले अर्को समूहका कार्यक्रम विथोल्ने , भाजो हाल्ने लगायतका गतिविधि हुदै आएका छन् । दमकमा जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङको खेम दाहाल र पार्टीको संस्थापन समूह बताउदैआएको नेता नित्यानन्द ताजपुरियाको गंगा प्रसाद दुलाल नेतृत्वको नगर नेतृत्व दुवैले आधिकारिक भएको दावी गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.