दमकको उत्तरी क्षेत्रमा जंगली हात्तीको उप्रदो


दमक,२१ साउन । दमक नगरपालिका वडा न. ३ को उत्तरी क्षेत्रमा विगत केही समय देखि जंगली हात्तीले उप्रदो मच्याँउदै आएको छ ।स्थानीय हंसे दुम्से सामुदायिक बनबाट निस्केर आउने जंगली हात्तीले साँझपिच्छे बस्तीको घर भत्काउने, अन्नपात, बाली विरुवा खाएर नष्ट गर्ने उप्रदो मच्याउँदै आएको वडाअध्यक्ष नविन बरालले जानकारी दिए । हालसम्म २० लाख रुपियाँ भन्दा धेरै मूल्यको क्षति भइसकेको उनको अनुमान छ ।
उनका अनुसार जंगली हात्तीले हालसम्म त्यहाँका एक दर्जन भन्दा धेरै घर भत्काईसकेको छ । जसमध्ये गोलाटारको कमल भण्डारी र दुम्से बस्ती बस्ने लक्ष्मण तामाङको घरमा भने धेरै क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
लगातार दुई साता भन्दा धेरै समय हात्तीले दुःख दिन थाले पछि उत्तरी क्षेत्रका बासिन्दाले हात्ती धपाउन प्रहरी प्रशासनलाई गुहार माग्दैआएका छन् ।
झापामा पछिल्लो समय भारतबाट प्रवेश गरेका जंगली हात्तीले सिमावर्ती क्षेत्रका बस्ती देखि जिल्लाका विभिन्न जंगल नजिक रहेका बस्तीहरुमा दुःख दिने गरेको छ । लामो समयदेखि हात्ती र मानवबीच भएको द्वन्द्व न्यूनीकरणका लागि सरकारले स्थायी उपाय खोज्नु पर्ने हात्ती प्रभावित क्षेत्रका बासिन्दाले बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.