क्यान्सर विरामीलाई राप्रपाको सहयोग

दमक,२२ साउन । झापा, कमल गाउँपालिका वडा न. ३ केर्खा बजार निवासी २२ बर्षिया ब्लड क्यान्सर रोगी जानुका दुलाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले रु ५१ हजार आर्थिक सहयोग दिएको छ ।
पार्टी क्षेत्र न. ५ का क्षेत्रीय अध्यक्ष भीम प्रसाद पौडेलको अगुवाईमा पार्टी सदस्यहरूबाट संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको पार्टीका कमल अध्यक्ष दिपक खरेलले बताए । आर्थिक अवस्था कमजोर भएका दुलाललाई थप उपचारका लागि बुधबार पार्टीले उक्त सहयोग उपलव्ध गराएको उनले जानकारी दिए ।
सहयोग हस्तान्तरणमा पार्टीका १ नम्बर प्रदेश समितिका अध्यक्ष राम कुमार थापा ,प्रदेश सचिव नेत्र चम्लागाई, जिल्ला अध्यक्ष केशव ओझा, दमक नगर अध्यक्ष हेम सुवेदी लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.