बिर्तामोडमा एकैदिन सयजनालाई कोरोना संक्रमण

बिर्तामोड , २२ साउन । झापाको बिर्तामोडमा एकैदिन सयजनालाई कोरोना संक्रमण देखिएको छ । बिर्तामोडका ५२ महिला र ४८ पुरुष गरी एक सयजनालाई एकैसाथ संक्रमण पुष्टि भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले विहिबार सार्वजनिक गरेको कोरोना अपडेटका क्रममा जिल्लामै सवैभन्दा धेरै विर्तामोडमा संक्रमण देखिएको उल्लेख छ । जसअनुसार कनकाईका २७ महिलासहित ५२ जना , मेचीनगरका २० महिलासहित ४८ जना , दमकका २६ महिलासहित ४६ जना , अर्जुनधाराका १९ महिलासहित ३७ जना , कमलका १८ महिलासहित ३० जना , शिवसताक्षीका १० महिलासहित २२ जना संक्रमित भएका छन् ।
त्यस्तै, विहिबार झापामा १८२ महिला र १८० पुरुष गरी ३६२ जनालाई संक्रमण देखिएको हो । त्यसैगरी बुद्धशान्तिका ७२ वर्षिय पुरुषको बिर्तासिटी र धरानका ७० वर्षिय पुरुषको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४७७ पुगेको छ । त्यसैगरी कूल संक्रमितको सँख्या २३ हजार ६४१ पुगेको छ । त्यसमध्ये १६ हजार ३५ जना डिस्चार्ज भएका छन् । झापामा ३ हजार ६०८ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.