आश्रममा मनाए भिसी बेघाले आफनो जन्मदिन


दमक,२१ साउन । दमक निवासी भिसी रामबहादुर बेघाले आफनो ८८ औ जन्मदिन आज बालबच्चाहरुसंग मनाएका छन् । उनले परिवारसहित दमक ४ मा अवस्थित रत्न बृद्धाश्रम र दमक २ मा रहेको हाम्रो बालआश्रमका बालबालिकाहरुसंग संगै केक काटेर आफनो जन्मदिन मनाएका हुन् ।
भिसी बेघा नेपालकै एकमात्र बेलायती सैनिकको सवैभन्दा ठुलो पदक मानिने भिक्टोरियाक्रस प्राप्त गर्ने एक मात्र जीवीत व्यक्तित्व हुन् ।बेघाले दुवै आश्रममा पुगेर भोजन खुवाउनुका साथै आर्थिक सहयोग सहयोग उपलव्ध गराएका त्यस कार्यक्रममा सहभागि उनका आफन्त भिम बेघाले बताएका छन् । उनका अनुसार दमक- ८ निवासी भिसी बेघाले यसवर्ष भने आफनै ठाउँको आश्रमसम्म पुगेर फरक किसिमले जन्मदिन मनाएकाहुन् ।
भिसी बेघाले दमक- ६ मा आफनै सक्रियतामा किरात धर्मावलम्बीहरुका लागि माङहिम स्थापना गर्नुका साथै आफनो पूख्यौली जन्मथलो पाँचथरको मेमेङमा विभिन्न सामाजिक क्षेत्रहरुमा सहयोग पुरयाँउदैआएका छन् ।

Leave a Reply

Your email address will not be published.